नेपाली सेनाले यस वर्ष पनि ‘प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता– २०८२’ आयोजना गर्ने भएको छ । यही माघ २४ मा सेनाले यो प्रतियोगिता गर्ने सैनिक मुख्यालयमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । पत्रकार सम्मेलनमा सैनिक जनसम्पर्क निर्देशक सहायक रथी राजाराम बस्नेतले प्रतियोगितामा २ हजार ५ सय जना सहभागी बन्ने बताउनु भयो ।
यो प्रतियोगिताको नारा ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने रहेको छ । म्याराथन ४२, २१, १० र ५ किलोमिटर दूरीमा विभिन्न समूहले दौडने छन् । प्रतियोगितामा फुल म्याराथनमा २ सय ५०, हाफमा ६ सय, १० किमिमा ८ सय, ५ किमि वकाथनमा ४ सय ५०, ५ किमिमा १ सय र अफिसियल ३ सय जना सहभागी बन्ने सैनिक प्रवक्ता सहायक रथी बस्नेतले जानकारी दिनु भयो ।
प्रतियोगितामा ४२ किलोमिटर दूरीको पुरुष र २१ किलोमिटरको पुरुष र महिलाको हाफ म्याराथनसमेत प्रतिस्पर्धा राखिएको छ । फुल म्याराथनका विजयी खेलाडीले ३, २ र १ लाख क्रमश प्रथम, द्वितीय र तृतीयले नगद पाउने छन् भने हाफ म्याराथनका विजयीले १ लाख, ७५ हजार र ५० हजार क्रमश पाउने छन् । सेनाले २०७२ देखि शिवरात्रीका अवसरमा यो प्रतियोगिता गर्दे आएको छ ।
प्रतिक्रिया दिनुहोस्