Advertisement GIF
छानविन समिति बनेसँगै बीमा प्राधिकरण अध्यक्ष ओझा निलम्बनमा

पत्रकारिता गर्दै आएका शरद ओझा एकाएक बीमा प्राधिकरणका अध्यक्ष बनेका थिए । तर, उनी जसरी नियुक्त भएका थिए त्यसरी नै निलम्बनमा परेका छन् । प्राधिकरण नियमवलीअनुसार अध्यक्ष बन्ने योग्यता नभएको भन्दै विवादमा पर्दै आएका ओझामाथि छानबिन गर्न समिति बनेसँगै उनी निलम्बनमा परेका छन् ।

सोमबार (आज) बसेको मन्त्रिपरिषद बैठकले ओझामाथि छानबिन गर्न पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएकोछ । यो छानबिन समिति गठन भएपछि छानविन समयभर अध्यक्षको पद निलम्बन हुन्छ। छानबिनबाट दोषी ठहरिए उनी बर्खास्तमा पर्नेछन् । सरकारले गत फागुन दोस्रो साता उनलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।