Advertisement GIF
कल्पवृक्ष
वैशाख २२ मंगलबार, ९:३७ पूर्वाह्न
सेनाले गर्यो ८९ यात्रुको उद्धार

नेपाली सेनाले रोशी खोलामा आएको बाढीमा पसेका ८९ जनाको सोमबार राती उद्धार गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार काभ्रेपलान्चोकको रोशी– ९ स्थित रोशी खोलामा आएको बाढीमा फसेका ५ वटा हाईसमा सवार ८९ जना यात्रुहरूलाई नेपाली सेनाको त्रिनेत्रदल गणबाट खटिएको उद्धार टोलीले सकुशल उद्धार गरेको हो ।

अन्य सुरक्षा निकायका सुरक्षाकर्मीसित सहकार्य गर्दै राति १ बजे सकुशल उद्धार गरिएको सेनाले जनाएको छ । अहिले बाढी आउने सडक खण्ड र खोला किनारको क्षेत्रमा सुरक्षाकर्मीले गाडी तथा यात्रीहरुको निरन्तर निगरानी गरिरहेका छन् ।