कैलालीको धनगढीमा आइतबार राति आगलागी हुँदा तीन घरका आठ वटा सटर जलेका छन् । धनगढी उपमहानगरपालिका–४ को नास्ट कलेज नजिकै आइतबार राति बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । आगलागीबाट हेलेन ट्रेड सप्लायर्सका चार सटर, परिवर्तन इन्पेक्सका तीन सटर र सेन्टर पोइन्ट रेस्टुरेन्टको एउटा सटरमा क्षति भएको प्हरीले जनाएको छ ।
राति करिव १२ बजे आगो नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणमा करिव एक सय प्रहरी, सशस्त्र र स्थानीय खटिएका थिए । राति करिव ११ बजे आगलागी सुरु भएको थियो । आगलागीबाट पुगेको क्षतिको विवरण आइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्