Advertisement GIF
कल्पवृक्ष
श्रावण १८ आइतबार, १०:३० पूर्वाह्न
आइतबार (आज) चार प्रदेशमा भारी वर्षा हुने

आइतबार (आज) देशभर पानी पर्ने सम्भावना रहेको छ । बिहानदेखि कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ । जसको प्रभावले देशभर साधारणतया बदली रहेको छ ।

आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।