अब ग्यासको अभाव कम गर्न नेपाल आयल निगमले ७ किलो १ सय ग्राममात्र ग्यास वितरण गर्ने भएको छ ।
मध्यपूर्वको युद्धका कारण ग्यास आयात घट्दै गएपछि बजारमा यसको अभाव कम गर्न आधा सिलिण्डर अर्थात ७ किलो १ सय ग्राममात्र ग्यास वितरण गर्न लागिएको हो ।
निगमले (भोलि )शुक्रबारदेखि आधा सिलिन्डर ग्यास मात्र बजारमा पठाउने निर्णय गरेको हो। मध्यपूर्वको युद्धसँगै ग्यासअभाव हुने आङ्कलनबीच उपभोक्ताले आवश्यकताभन्दा धेरै भण्डारण गर्न थालेका छन् ।
जसका कारण बजारमा ग्यासको अभाव सुरु भइसकेको छ । यो अभाव कम गर्न र बढी भन्दा बढी भण्डारण गर्नबाट रोक्न आधा सिलिण्डरमात्र ग्यास वितरण गर्न लागिएको निगमले जनाएको छ ।
नपालभर करिब १ करोड ५० लाख ग्यास सिलिण्डर छन्। देशमा करिब ५९ वटा ग्यास उद्योगले यी सिलिण्डर सञ्चालन र भर्ने काम गर्छन्। सामान्य अवस्थामा दैनिक करिब ८० हजारदेखि १ लाख सिलिण्डर ग्यास भरिने गर्छ । अर्थात दैनिक १ लाख सिलिण्डरसम्म खपत हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्