Advertisement GIF
विद्या भण्डारीमाथि पहिलो प्रहार : युवा संघ लुम्बिनीका अध्यक्ष खरेल निलम्बित

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेबिरुद्ध पत्रकार सम्मेलन गरेकै दिन उनको समूहमा खुलेका राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई संस्थापन पक्षले निलम्बन गरेको छ । खरेललाई एक वर्षका लागि निलम्बन गरेको हो ।

यही साउन ९ गते बसेको संघको पदाधिकारी बैठकले खरेललाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गर्दै एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको संस्थापनको पकडमा रहेको युवा संघले जनाएको छ । संघका महासचिव रमेश चौलागाईले पत्र लेख्दै खरेललाई विधानअनुसार कारबाही गरेको दावी गरेका छन् । खरेल बिद्या भण्डारीको पक्षमा खुल्दै संस्थापन पक्षको विरोधमा उत्रेका थिए ।