Advertisement GIF
कल्पवृक्ष
असार २४ मंगलबार, १०:२५ अपराह्न
रसुवामा बाढीको बितण्डा : १९ बेपत्ता, ९ जनाको शव फेला पर्यो

रसुवा जिल्लाको भोटेकोशीमा आज (मंगलबार) बिहान ३ बजे आएको बाढीमा बेपत्ता हुनेको संख्या २८ पुगेको छ । तीमध्ये ९ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ । अब बेपत्ता हुनेमा ६ जना चिनियाँ, २ जना प्रहरी र ११ जना नेपाली नागरिक छन् ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले बेपत्ताको खोजी गरिरहेका छन् । सुरक्षाकर्मीहरुले ५७ जनाको उद्धार गरेर सुरक्षित स्थानमा लगेका छन् । नेपाली सेनाका करिव २ सय, नेपाल प्रहरीका ३ सय ८३ र करिव १ सय ५० जना सशस्त्र प्रहरीबाट खोज तथा उद्धारमा खटिएका छन् । चीनतर्फको ल्हेन्दे खोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ । क्षतिको विवरण प्राप्त भइसकेको छैन ।