देशको हिमाल नै हिमालले भरिएको सोलुखम्बु जिल्लामा जन्मिएर हिमाल आरोहण र पथप्रदर्शकको काममा अहोरात्र खटिरहनु भएका ङवाङनिमा शेर्पा हाल अमेरिकामा रहेर नेपालको पर्वतारोहण क्षेत्रको विकासमा सक्रिय भइरहनु भएको छ ।
६७ जना विश्वले मान्यता दिएका स्नातक गाइड उत्पादन भइसकेका छन् । उहाँ र उहाँको टिम नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ स्थापना गरेर पर्वतारोहण क्षेत्रमा सक्रिय छ । योे संस्थाले उत्पादन गरेका ६७ जना पथप्रदर्शक ९गाइड० हरु विश्वका हिमाल र ट्रेकिङ गरिने देशमा गएर काम गर्न सक्ने विश्व मान्यताप्राप्त उत्पादन हुन् । करिव १ दशकको अनुभव र कडा मेहनत गरेपछिमात्र विश्व मान्यता प्राप्त स्नातक गाइड बन्न सकिन्छ । जुन पद पाउनका लागि धेरै गाइडहरु लाखौं रुपैयाँ खर्च गरेर परीक्षामा सहभागी बन्ने गरेको पाइन्छ ।

आईएफएमजीए स्टेण्डर तालिम प्राप्त गाइडहरुलाई लिएरमात्र आरोहण गर्नै चलन छ । यस्ता गाइड नभएमा कुनै दुर्घटना भए वा कुनै क्षति भएमा बीमासम्म पाइन्न ।यस्ता गाइड उत्पादन गर्न शेर्पाको ठूलो योगदान रहेको छ ।
सोलुमा जन्मिएर बाल्यकालमै राजधानी प्रवेश गर्दै महाराजगञ्जको भानुभक्त मेमोरियल स्कुलमा अध्ययन गर्नु भएका ङवाङले सन् १९९१ बाट हिमाल आरोहण गर्न थाल्नु भयो । युरोपमा अल्पस रेन्जका फान्स, स्वीजरलैण्ड, इटली, अस्ट्रियाका सबै हिमाल आरोहण गरिसक्नु भएको छ । नेपाल, फान्स, स्वीजरलैण्डसमेतका देशबाट आरोहणका तालिम लिएर आरोहण सुरु गर्नु भएका उहाँ सन् २०१० मा अन्तराष्ट्रिय माउण्टेन गाइड र प्रशिक्षक बन्नु भयो । प्रशिक्षक त उहाँ १९९५ मै बनिसक्नु भएको थियो ।
अन्तराष्ट्रिय मान्यता पाउन नेपालमा एक संस्थाको आवश्यकता महसुस भयो । अनि, उहाँले नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ स्थापना गर्नु भयो । यही संस्थाले पथप्रदर्शकको उत्पादनदेखि पर्वतारोहणमा विभिन्न कृयाकलाप गरिरहेको छ । संस्थाले दक्ष र अन्तराष्ट्रिय मान्यताप्राप्त गाइड उत्पादन गर्न थालेपछि पछिल्लो समय नेपालका हिमाल आरोहणमा दुर्घटनाहरुको कमी आएको पाइन्छ । दक्ष पथप्रदर्शक हुँदा दुर्घटनाहरु स्वतः कम हुने उहाँको भनाइ छ ।

उहाँकै अध्यक्षतामा बनेको टिम अल्पलाइन स्पोर्टस् एसोसिएसन पनि सक्रिय छ, अमेरिकामा । यसको संस्थापक अध्यक्ष उहाँ यो पर्वतीय खेलकुद संघमार्फत हिमालसम्बन्धी खेलकुदका कृयाकलापमा आवद्ध भइरहनु भएको छ । माउण्टेन बाइक, क्लम्बिङ, स्की, पर्वतारोहणसमेतका खेलका कृयाकलाप यो संघमार्फत भइरहेको उहाँले जानकारी दिनु भयो ।
यो संघले पर्वतारोहणसम्बन्धी खेलको समुचित विकास गर्न दीगो योजना बनाएर अघि बढेको उहाँको भनाइ छ । नेपालमा यस्ता खेलको विकास गर्न दक्ष खेलाडी उत्पादन गर्ने, खेलका लागि पूर्वाधार र आवश्यक उपकरणको बन्दोबस्त गर्नेसमेतका काममा दत्तचित्त भएर लागिपरेको उहाँले बताउनु भयो ।
‘अमेरिकामा बसेर पनि देशको विकासका लागि दक्ष खेलाडी उत्पादन गरेर ओलम्पिकसम्म पुर्याउने भन्ने नै हाम्रो उदेश्य हो । यही उदेश्य पूरा गर्न सक्रिय भइरहेका छौं ।’–ङवाङनिमाले भन्नु भयो । उहाँका अनुसार पर्वतारोहणका खेलमा राम्रो तालिम दिन संघ तयारी अवस्थामा रहेको छ ।

सन् १९९८ मा नेपाल पर्वतारोहण प्रशिक्षक संघबाट सुरु भएको उहाँको यो यात्रा निरन्तर चलिरहने उहाँ सुनाउनु हुन्छ ।
देशमा खेलकुदको समग्र विकास गर्न सरकारले आरोही तथा पथप्रदर्शकलाई सहज बीमाको व्यवस्था गर्नुपर्ने, आवश्यक आधुनिक उपकरणको प्रवन्धदेखि पथप्रदर्शकलाई राष्ट्रिय मान्यता दिनु पर्ने उहाँको सुझाव छ । सरकार र पथप्रदर्शकबीच राम्रो समन्वय राखेर दुर्घटना तथा आरोहणका विषयमा आएका समस्या तत्काल समाधान गर्न सरकारले ध्यान दिनु पर्ने उहाँ आवश्यकता औल्याउनु हुन्छ । ‘कहीँ दुर्घटना भएमा रेस्क्यु गर्नलाई दक्ष जनशक्ति नै आवश्यक पर्ने भएकोले त्यस्तो जनशक्ति तैनाथी अवस्थामा राख्नतर्फ सरकार र सरोकारवाला मन्त्रालयले ध्यान दिुनपर्छ ।’– ङवाङनिमाको सरकारसित माग छ ।
विगत केही वर्षदेखि अन्तराष्ट्रिय मान्यता प्राप्त नभएका तथा अन्तराष्ट्रिय मापवदण्ड पूरा नगरेका केही गुटहरुले माउण्टेन गाइड हँु भन्दै दावी गर्दै आएका छन् । यससम्बन्धी सबै सरोकारवाला निकायले समयमै सचेत रहनु पर्छ । उनीहरुको चलखेल बढी भयो भने हिमाल आरोहणमा दुर्घटनाको सम्भावना बढ्ने देखिन्छ । र, यसले नेपालको समग्र हिमाल आरोहणमा नकारात्मक सन्देश जानसक्छ ।
–सुरेन्द्र सुवेदीरकाठमाडौं
प्रतिक्रिया दिनुहोस्