Advertisement GIF
कल्पवृक्ष
फाल्गुन २३ शनिबार, ५:५८ अपराह्न
पाँचथरमा कांग्रेसका केरुङ १४४३ मतले अगाडि

पाँचथर प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जारी मतगणनामा चार वटा पालिकाको मत परिणाम आउँदासम्म नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ अग्रस्थानमा रहेका छन्।

हालसम्मको मतपरिणामअनुसार केरुङले १० हजार २७९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्तराज शर्माले ८ हजार ८३६ मत पाएका छन्। यसअनुसार केरुङ १ हजार ४४३ मतले अगाडि रहेका छन्।

त्यसैगरी नेकपा ९एमाले० का उम्मेदवार अइन्द्र सुन्दर नेम्बाङले ७ हजार ७४६ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारहरूले भने तुलनात्मक रूपमा कम मत पाएका छन्।

हालसम्म चार पालिकाको मतगणना सकिएको र बाँकी पालिकाहरूको मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।