Advertisement GIF
कल्पवृक्ष
श्रावण ३ शनिबार, १०:४६ पूर्वाह्न
रोजगारीका लागि वर्षमा ८ लाख नेपाली पुगे विदेश

गत वर्षमा ८ लाख ३९ हजार २ सय ६६ जनाले कामका लागि विदेश जान श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेमा ७ लाख ४४ हजार ८ सय ११ पुरुष छन् भने ९४ हजार ४ सय ५५ महिला छन्।

विभागले पत्रकार सम्मेलन गरेर यो विवरण सार्वजनिक गरेको हो। अघिल्लो आर्थिक वर्षभन्दा यसपटक १ लाख बढीले श्रम स्वीकृति लिएका विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले जानकारी दिए। उनले श्रम स्वीकृतिको भार ६० दशमलव २८ प्रतिशत नयाँ र ३९ दशमलव ७२ प्रतिशत पुनः श्रम स्वीकृतिका रहेका छन्। उनका अनुसार वैदेशिक रोजगारीका लागि गत आवमा श्रम स्वीकृति लिने प्रमुख १० गन्तव्य मुलुकमा यूएई, साउदी अरेबिया, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया र बहराइन रहेका छन्।

व्यक्तिगत श्रम स्वीकृति लिने प्रमुख गन्तव्य मुलुकमा यूएई, रोमानिया, जापान, कतार, क्रोएसिया, माल्दिभ्स, कुवेत, मौरिसस, सर्बिया र माल्टा रहेको पनि उनले जानकारी दिए। विगत ५ वर्षमा कुल ३५ लाख बढीले श्रम स्वीकृति लिएका र त्यसमा ३१ लाख ८१ हजार पुरुष रहेका पनि जानकारी गराइएको थियो। वैदेशिक रोजगारीका लागि विदेशमा श्रमिक पठाउने संस्थाहरू १ एक हजार ६ सय ८७ रहेकामा हाल सक्रिय इजाजत प्राप्त संस्थाको संख्या जम्मा ७ सय २४ रहेको विभागले जनाएको छ।