Advertisement GIF
कल्पवृक्ष
भाद्र २ सोमबार, ६:५७ अपराह्न
भारतबाट सेनालाई सामान हस्तान्तरण

भारत सरकारले नेपाली सेनाालई ठूलो मात्रामा आवश्यक सवारी साधानदेखि अन्य स्वास्थ्यसमेतका सामान उपलब्ध गराएको छ । नेपाली सेनालाई सहयोग स्वरूप प्राप्त भएका लाइट भेहिकल छ वटा, आठ किसिमका अति आवश्यक मेडिकल सामग्री, व्रिडिङ्ग घोडा ५ वटा, सैनिक डग २ वटासमेत सोमबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा भारतका परराष्ट्र मन्त्री विक्रम मिस्त्रीले सेनापति अशोकराज सिग्देललाई हस्तान्तरण गर्नु भयो ।

यस किसिमक सहयोगले दुनेपाल र भारतबीचको सैनिक सम्बन्ध थप मजबुत एवं प्रगाढ हुनुका साथै नेपाली सेनाको व्यावसायिक क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाली सेनाले जनाएको छ ।