Advertisement GIF
कल्पवृक्ष
चैत्र १३ शुक्रबार, ११:१८ अपराह्न
प्रहरीलाई ‘अलर्ट’  मा राखियो

काठमाडौं उपत्यकामा खटिएका प्रहरीलाई तयारीअवस्थामा (अलर्ट) रहन उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले निर्देशन जारी गरेको छ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की र सशस्त्र आइजीपी राजु अर्यालसित साढे १ घण्टा छलफल गरेपछि यस्तो निर्देशन जारी भएको हो । भोलि शनिबार परेको र सबै प्रहरीलाई बिहानैबाट चुस्तासहित तयारीअवस्थामा रहन निर्देशन प्राप्त भएको एक प्रहरी अधिकृतले जानकारी दिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयले यस्तो सर्कुलर जारी गरेपछि मातहतका कार्यालयहरुले पनि जारी गरेका हुन् । जेनजी आन्दोलनको छानविन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको आजैको निर्णयपछि अब धरपकड हुने अनुमान गरिएको छ ।