Advertisement GIF
कल्पवृक्ष
श्रावण १३ मंगलबार, १०:१५ पूर्वाह्न
पोखरामा भेटिए हायु परिवारका १६ सदस्य

सिन्धुलीबाट हराएका हायु परिवारका सबै १६ जना नै पोखरामा भेटिएका छन् । उनीहरुले मजदूर रहेको र सिन्धुलीमा काम नपाएपछि कामको खोजीमा पोखरातर्फ आएको बताएका छन् । सोमबार (हिजो) राति करिव साढे ९ बजे उनीहरु पोखरा– ३० को सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भेटिएका हुन् ।

सिन्धुली गोलन्जोर गाउँपालिका– ६, बिखर कटेरी छेड्पाका करिव ४५ वर्षीया उर्मिला हायु र उनको अन्य १५ जनाको परिवार नै हराएको थियो । सिन्धुली र रामेछापमा प्रहरीले उनीहरुको खोजी तीब्र बनाए पनि फेला पार्न सकेको थिएन । उनीहरुलाई पोखरासम्म भ्यानमा लाने जीवन भनिने नविन विक चालकले गत शनिबार उनीहरुलाई पोखराको लेकसाइडमा पु¥याएर छोडेको जानकारी दिएपछि हायु परिवारको खोजी पोखरा केन्द्रीत गरिएको थियो ।

हायु परिवार

– उर्मिला हायु

– कमला हायु

– कोमल माया हायु

– अस्मिता हायु

– शान्ता हायु

– राजु हायु

– उषा हायु

– हिमाल हायु

– लाल बहादुर हायु

– बहादुर हायु

– लक्की हायु

– सुवर्ण हायु

– ओम कुमारी हायु

– अर्जुन हायु

– रियासा हायु

– पूर्ण हायु