Advertisement GIF
कल्पवृक्ष
भाद्र ३१ मंगलबार, ४:५१ अपराह्न
ड्रोनसँग रमाउन खप्पिस छन्, ‘ड्रोन अपरेटर’ टार्जन लिम्बू

सुदूर पूर्वको पाँचथर, यासोकमा जन्मिएका टार्जन लिम्बूको अहिलेको काम भन्नु नै ड्रोन सित रमाउनु हो । देशमा निर्माण भएका र हुने अधिकांस चलचित्र, वित्त चित्र देखि म्युजिक भिडियो सम्ममा ड्रोन अपरिहार्य नै भएको छ । ड्रोन नउडाइ त फिलिम, भिडियो र डकुमेण्ट्रीहरु बन्न नै छोडि सकेका छन् भन्दा त्यति ठूलो भूल हुने छैन । अर्थात दर्शकको मन जित्न लगानी कर्ता देखि कलाकार सम्म आफ्नो निर्माण र प्रस्तुतिमा ड्रोनलाई अभिन्न अंग मान्न थालि सकेको पाइन्छ ।

यस्ता कलाकारिताका विधामा प्रयोग हुने ड्रोनका कुशल चालक हुन्, टार्जन । उनले स्व–अध्ययन र सिकाईबाट ड्रोन उडान जाने । अनि, यसलाई नै पेशा बनाएर देशका बिभिन्न स्थानमा पुग्दै ड्रोन उडाउने गरिरहेका छन् । नेपालमा मात्र हैन, बिदेशीले नेपालमा आएर निर्माण गरेका डकुमेण्ट्रीहरुमा उनले ड्रोन उडाइ सकेका छन् ।

पछिल्लो समय छायाङ्कन भएका ११ वटा चलचित्रमा उ

नले ड्रोन उडाए । वसन्त, एक नगरी, ह्रश्व दीर्घ, हरिबहादुरको जुत्ता, चिठ्ठी, बुकीसम्मका चलचित्रमा उनको ड्रोन उडाउने कला देख्न सकिन्छ ।

मोहर, बारु, रोस समेतम उनले ड्रोन उडाएका छन् । घामको झुल्को, निर्माया जस्ता म्युजिक भिडियोहरु हेर्नेको संख्या युट्युबमा एक÷एक करोड नाघिसकेको छ । उनले इन्टु मिन्टु लण्डन, इतिहासमा पनि ड्रोन उडाएका छन् ।

‘मैले महिनामा २९ दिनसम्म निरन्तर काम गर्दै ड्रोन उडाएको छु ।टार्जनले भने । उनको सानो गुनासो पनि छ । ड्रोन अपरेटर र उनीहरुले गरेका कामलाई खास महत्व दिने गरिएको छैन । अहिले क्यामरा पर्सनले ड्रोन पनि उडाउने र क्यामराको काम पनि गर्छन् । त्यसो हुँदा गुणस्तर नहुने उनको तर्क छ । नेपाल प्राविधिक संघले संघमा आवद्धताका आधारमा कामको जिम्मा दिने र त्यही अनुसार भएको छ कि छैन रु अनुगमन गर्नु पर्ने उनको सुझाव छ ।

अक्षर राम्रो छ भन्दैमा पेन्सिलले लेखेरमात्र हुँदैन। कुनै ठाउँमा राम्रो कलमले पनि लेख्नु हो त्यस्तै हो ड्रोनको काम पनि। बजारमा सस्तो मूल्यका ड्रोनहरू प्रशस्तै पाइन्छन्। तर तिनीहरूले दिने क्वालिटीमा फरक पर्छ। मान्छेको जीवनमा एकचोटी लगानी गरेर बनाएको प्रोजेक्टमा कहिले पनि आफ्नो स्वार्थ मात्र हेरि दिनु हुन्न त्यही भएर म चाहिँ क्वालिटीको काम दिन्छु र पारिश्रमिक पनि क्वालिटी कै लिन्छु भन्दै मुस्कुराउँदै सुनाए टार्जनले। हाम्रो प्रश्न थियो नेपाली मेकरले त्यत्रो पैसा तिर्न सक्छन् त रु उनको जवाफ थियो क्वालिटी बुझ्नेले तिर्न सक्छन् सस्तोमै काम गर्न खोज्नेले सहज तरिकाले सस्तो तरिकाले नै काम गरेकै छन्।

 

नेपाली सिनेमा बनाउनेहरूले करोडौंको क्यामेरा चाहिँ क्वालिटीको लागि चलाउँछन्। तर ड्रोनमा चाहिँ एकदमै लापरवाही गरेर बजेट छैन भन्दै
सस्तो ड्रोन चलाउनाले फिल्मको क्वालिटीमा ड्रोनको पार्टमा एकदम फिक्का देखिने गरिन्छ। म त्यही चिजको अन्त्य गरौं भनेर लागेको मान्छे हो भन्दै उनले सुनाए ।

सरकारले बिभिन्न बहानामा ड्रोन उडाउन रोक्ने गरेको छ । १ सय २० मिटर माथि सम्म ड्रोन उडाइन्छ, त्यहाँ भन्दा माथिमात्र हवाइजहाज उड्ने भएकोले ड्रोनका कारण समस्या नहुने टार्जनको तर्क छ । तर, सरकारले बहानाबाजी गर्दै रोक्ने गरेकोमा उनले गुनासो पोखे ।
उनले अहिले सम्म १४ वटा ड्रोन प्रयोग गरिसकेका छन् । अहिले भने उनी मेभिक ४ प्रो प्रयोग गर्छन् । जसको बजार मूल्य करिव ६ लाख रुपैयाँ हुन आउँछ ।

ड्रोन उडाउँदा दुर्घटना भएमा ड्रोनको मर्मतमा ठूलो खर्च आउने भन्दै अति होसियारी अपनाउनु पर्ने र सुटिङको समयमा दिनभर खट्नु पर्ने जस्ता कारण प्रायः ब्यस्त रहने गरेको उनको भनाइ छ । उनी नेपाल न्युज बैङ्क र फिल्म क्रु नेपालमा पनि आबद्ध छन्।

‘भविष्यमा के गर्ने रु भन्ने सोच अहिले नआएको र ड्रोन उडाएरै गुजारा चलेको छ, अहिलेलाई यसमै आफ्नो सीप र खुवी लगाइ रहन्छु ।’– टार्जनले भने ।

२०६७ मा राजधानी पसे पछि कलाकार बन्न गीत गाउन थालेका टार्जनले मधुरो सपना एल्बम निकालेका थिए । ५ वटा गीतको उक्त एल्बम निकाले पछि उनी अनासायै इगल आइभ्यु प्रोडक्सन दर्ता गरेर यो क्षेत्रमा आइ पुगेको स्मरण गर्छन् ।