नेपाली भाषा संस्कृती र मौलिकताको जगेर्ना गर्दै विश्वसामु चिनाउन वेलायतमा आयोजना गरिएको १६ औ नेपाली मेलामा मानव धर्म सोसाइटी युकेले विविध प्रस्तुतिसहित सहभागिता जनाएको छ ।
लण्डनको केम्प्टन पार्कमा आयोजना भएको नेपाली मेलामा १३ हजार नेपाली उपस्थित थिए । मानव धर्मका प्रणेता सतपालजी महाराजले विश्वसामु फैलाउन खोज्नुभएको भाइचारा अनि विश्व शान्तिको सन्देशलाई मानव धर्म सोसाइटी युकेका अध्यक्ष नुर थापाले कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मानव धर्मले झाँकी, र्याली, स्वागत नृत्य प्रस्तुत गर्नुका साथै मानव धर्मको मूल उद्येश्य र गर्दै आएको समाज सेवाका कार्यहरुलाई प्रस्तुत गरिएको थियो ।

तमु धिं युके र वेलायतका लागि नेपाली दुतावासको संयुक्त आयोजनामा भएको मेलालाई बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे र विशिष्ट अतिथि कुलमान घिसिङले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा वेलायतमा रहेका विभिन्न सस्था मध्ये ४४ वटाले झाँकी, र्याली, मैलिकता झल्किने सांस्कृतिक प्रस्तुति दिएका थिए । करिव ७० वटा संघ, संस्था तथा व्यवसायीले आफ्नो स्टल राखेका थिए । विगतका वर्षमा भन्दा यो वर्ष कार्यक्रम भव्य रुपमा सफल भएको सहभागिहरुले टिप्पणी गरेका छन् ।
–अनिता शिवाकोटी/काठमाडौं
प्रतिक्रिया दिनुहोस्