गत असार २४ मा नेपाल र चीनको सीमा भोटेकोशी नदीमा आएको बाढीले चीनतर्फ फसेका थप १ सय ८१ जना बुधबार (भोलि) नेपाल आउँदैछन् ।
चीनको तिब्बतस्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाका अनुसार यसअघि २ सय ५ जनालाई नेपाल पठाइएको र त्यो लटमा छुटेका अन्य १ सय ८१ जनलाई कूटनीतिक पहल गर्दै नेपाल पठाउन लागिएको हो । महाबाणिज्यदूत निरौलाका अनुसार अब चीनतर्फ फसेका नेपाली छैनन् । सबैलाई नेपाल पठाइसकिएको उहाँले जानकारी दिनु भयो ।

चीनतर्फको लेन्दे खोलमा हिमताल फुटेर आएको बाढीमा ८ जनाको मृत्यु र २२ जना बेपत्ता छन् । यो बाढीले नेपाल चीन सीमाको रसुवागढी सीमा क्षेत्रमा अर्बाै रुपैयाँको भौतिक संरचनामा क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्