Advertisement GIF
कल्पवृक्ष
श्रावण १ बिहीबार, ११:३७ अपराह्न
युएईमा १२० नेपालीले पाए आम माफी

संयुक्त अरब इमिरेट्स (युएई) मा अपराधिक कृयाकलापसमेतका कसुरमा कारागारमा रहेका १ सय २० जना नेपालीले आम माफी पाएका छन् । इद अल– अदाहका अवसरमा युएई सरकारले यस्तो माफी दिएको हो । इस्लाम धर्मावलम्बीहरूको महान् पर्वमा त्यहाँ आम माफी दिने गरिन्छ ।

युएई पुगेर विभिन्न प्रकारका कानुनविपरीतका काम गर्ने नेपालीले आम माफी पाएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।