Advertisement GIF
कल्पवृक्ष
भाद्र १३ शुक्रबार, ३:३६ अपराह्न
चन्द्रकुवेर खापुङ प्रहरीको ३२ महानिरीक्षक नियुक्त

सरकारले यही भदौं १८ गते राति १२ बजेबाट लागू हुनेगरी प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रकुवेर खापुङलाई प्रहरी महानिरीक्षक (आइजीपी) मा नियुक्त गरेको छ । शुक्रबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले एआइजी खापुङलाई आइजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । उहाँ २ महिना ९ दिनमात्र आईजिपी रहनु हुन्छ । प्रहरी ऐन पारीत भएमा भने कार्यकाल बढ्नेछ । नेपाल प्रहरीमा इमान्दार छवीका रुपमा चिनिने खापुङको अर्काे पहिचान भनेको साहित्यकार पनि हुनु हो । उहाँले दर्जनौंको संख्यामा लोक, आधुनिकसमेतका गीत लेखिसक्नु भएको छ ।

खापुङको जन्म तेह्रथुम जिल्लाको मेन्छयाम–६ मा कात्तिक ८, २०२७ मा भएको हो । उहाँले विधि शास्त्रमा स्नातक गर्नु भएको छ । जेण्डर अध्ययनमा स्नातकोत्तर उतीर्ण हुनुहुन्छ । उहाँले प्रहरी निरीक्षकको रूपमा १३ नोभेम्बर १९९५ मा नेपाल प्रहरीमा सेवा सुरु गर्नु भएको हो । उहाँले एआईजी को रूपमा केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख, प्रधानमन्त्रीको सुरक्षा टोली प्रमुख, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख, कोशी प्रदेश प्रहरी प्रमुख र प्रहरी मुख्यालयमा प्रशासन विभाग प्रमुख र अपराध अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी बहन गरिसक्नु भएको छ ।

उहाँले इटाली, दक्षिण कोरिया, भियतनाम, चीनमा पुलिस सम्बन्धी प्रशिक्षण प्राप्त गर्नु भएको छ भने नेपाल प्रहरमिा विवादरहीत, इमानदार, दृढ नेतृत्वकर्ताका रूपमा परिचित हुनुहुन्छ । अहिलेको प्रहरी ऐनअनुसार ३० वर्षे सेवा अवधिका कारण आगामी कात्तिक २६ गते खापुङले अनिवार्य अवकाश पाउनु हुनेछ ।