Advertisement GIF
कल्पवृक्ष
फाल्गुन ५ मंगलबार, ५:३७ अपराह्न
कंगोमा तैनाथ नेपाली सैनिकको फेरबदल

नेपाली सेनाले Democratic Republic of the Congo मा तैनाथ शान्ति सैनिकहरूको अदलबदल गरेको छ।

संयुक्त राष्ट्रसंघ को आह्वानमा कंगोमा शान्ति स्थापनार्थ सञ्चालन भइरहेको United Nations Organization Stabilization Mission in the Democratic Republic of the Congo (MONUSCO) मा तैनाथ शान्ति सैनिकहरूको अदलबदल गरेको छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा शान्ति स्थापनार्थ कार्यरत चण्डीदल गण (शान्ति सेना) ३१औँ डफ्फालाई बदल्न रुद्रध्वज गण ३२औँ डफ्फाका २३८ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली मिसन इलाकातर्फ प्रस्थान गरेको जनाइएको छ।

उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका २३६ जना नेपाली शान्ति सैनिक आजै स्वदेश फर्किएका छन्। हाल उक्त मिसन क्षेत्रमा नेपाली सेनाका ९६९ जना शान्ति सैनिक कार्यरत रहेको नेपाली सेनाले जनाएको छ।