नेपाली सेनाको जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक–२०८२ सम्पन्न भएको छ।
बैठकको समापन अवसरमा प्रधान सेनापति महारथी अशोक ज सिग्देलले पृतना स्तरमा भएका प्रभावकारी कार्यहरूको प्रशंसा गर्दै पृतनापतिहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले सामूहिक भावना र एकीकृत प्रयासलाई कायम राख्दै ‘एकीकृत सुरक्षा योजना–२०८२’ अनुरूप अन्य सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वयात्मक रूपमा कार्य गरी आसन्न निर्वाचनलाई सुरक्षित तथा सफल बनाउन निर्देशन दिनुभयो।
बैठकमा वर्तमान परिस्थितिको विश्लेषण, तालिमहरूको समीक्षा, बन्दोबस्ती पक्ष लगायत समसामयिक विषयहरूमा छलफल गरिएको जनाइएको छ। समापन कार्यक्रममा बलाधिकृत, रथीवृन्द लगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्