Advertisement GIF
प्रधान सेनापति अन्तर विद्यालय क्रिकेट र भलिबल प्रतियोगिता सम्पन्न

प्रधान सेनापति अन्तर विद्यालय रनिङ्ग टि २० क्रिकेट प्रतियोगिता–२०८२ को १७ औँ संस्करण र अन्तर विद्यालय भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

भक्तपुरको सल्लाघारी स्थित सैनिक आवासीय महाविद्यालयको खेल मैदानमा भएको समापन कार्यक्रममा बलाधिकृत रथी प्रदी जंग केसीले रेफ्री, विजेता तथा उपविजेता टिमका खेलाडीहरूलाई प्रमाण पत्र, ट्रफी तथा नगद पुरस्कार प्रदान गर्नु भयो ।

१२ वटा टिमहको सहभागिता रहेका टि २० क्रिकेट प्रतियोगितामा डिएभी स्कुल प्रथम तथा नेपाल पुलिस स्कुल द्वितीय भए । यसै गरी २० वटा टिम सहभागी भएको भलिबल प्रतियोगिता अन्तर्गत छात्रा तर्फ सैनिक आवासीय महाविद्यालय, सल्लाघारी र छात्र तर्फ हिमरश्मि हाइस्कुल विजयी भएका छन् ।

समापन समारोहमा रथी, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, सल्लाघारी आल्मुनी एसोसिएसन नेपालका अध्यक्ष, विभिन्न खेलकुद संघका पदाधिकारी, जिल्लास्थित विभिन्न सुरक्षा निकायका प्रमुख, स्थानीय निकायका प्रतिनिधिहरू, नेपाली सेनाका अधिकृत, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।