Advertisement GIF
नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सुमधुर सम्बन्ध : प्रधानसेनापति सिग्देल

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीको सम्बन्ध सुमधुर रहेको बताउनु भएको छ । प्रधानसेनापति सिग्देलले पञ्चशीलका सिद्धान्तमा आधारित सम्बन्ध अतुलनीय रहेको पनि बताउनु भयो ।

चिनियाँ जनमुक्ति सेनाको ९८औँ वार्षिकोत्सवमा आज (शुक्रबार) राजधानीमा चीनको दूतावासले आयोजना गरेको कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो । चीनको दूतावासका सैनिक सहकाचारी ल्यु चङजङले कार्यक्रम आयोजना गर्नु भएको हो । सेनापति सिग्देलले कोरोना र महाभूकम्पमा चिनिया सेनाले गरेको सहयोगको प्रशंसा पनि गर्नु भयो ।

सेनिक कूटनीतिमा नेपाली सेनाले भारत, चीन, बेलायत र अमेरिकासमेतका देशमा सैनिक सहचारी राखेर दुई देशका सेनाबीच राम्रो सम्बन्ध बनाउँदै आएको छ । पछिल्लो समयमा सैनिक कूटनीतिलाई अधिकांश देशले अपनाउँदै आफसी सम्बन्धहरु नजिक बनाइरहेका छन् । यस्तो प्रयासमा नेपाली सेना पनि एक कदम अघि बढेर सैनिक कूटनीतिलाई प्राथमिकतामा राख्दै आएको छ र केही महत्वपूर्ण देशमा सैनिक सहचारी राख्नु पर्ने निष्कर्षमा पनि पुगेको बताइन्छ ।

नेपाली र चीनबीच कूटनीतिक सम्बन्ध ७० वर्षदेखि कायम छ ।