नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले सुदूरपश्चिम र उत्तरपश्चिम पृतना क्षेत्रको विस्तृत निरीक्षण भ्रमण गर्नु भएको छ । सैनिक मुख्यालयका अनुसार निरीक्षण भ्रमणको मुख्य लक्ष्य आसन्न प्रतिनिधि सभा निर्वाचनको सुरक्षा व्यवस्थाका बारेमा अवलोकन र समग्र वस्तुस्थितिको जानकारी लिनु रहेको छ ।
निरीक्षणको क्रममा प्रधान सेनापतिले हरेक पृतनाको जिम्मेवारी क्षेत्र तथा चुनौतीपूर्ण स्थितिको समिक्षा गर्दै त्यसअन्तर्गतका सेना र कमाण्ड पोस्टहरुमा कार्यरत पदाधिकारी तथा सेनानीहरुसँग संवाद पनि गर्नु भयो । उहाँले सुरक्षित, व्यवस्थित र सफल निर्वाचन प्रक्रियाका लागि आवश्यक निर्देशन तथा सुझावहरु समेत दिनु भएको छ ।
सो अवसरमा प्रधान सेनापतिले पृतना कमाण्ड पोस्टका प्रमुखहरु, निर्वाचन सेलका पदाधिकारीहरु र अन्य जिम्मेवार अधिकारीहरुसँग भेटघाट तथा अन्तरक्रियासमेत गर्दै आगामी निर्वाचन रणनीति र सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गर्नु भएको सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्