Advertisement GIF
कल्पवृक्ष
असार २४ मंगलबार, ३:२९ अपराह्न
सेनाबाट थप ५ को उद्धार : २८ जना सुरक्षित स्थानमा

नेपाल– चीन सीमानाको लेन्डे खोला हुँदै भोटेकोशी नदीमा आएको बाढीमा फसेका थप ५ जनाको नेपाली सेनाको उद्धार टोलीले सुरक्षित स्थानमा लगेको छ ।

रसुवा जिल्लाको गोसाईकुण्ड– २, टिमुरेबाट ५ जना व्यक्तिलाई अन्य सुरक्षा निकाय र स्थानीयहरुको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरेको नेपाली सेनका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिनु भयो । यसअघि सेनाले २३ जनाको उद्धार गरेको थियो ।