Advertisement GIF
राष्ट्रिय सभा सदस्य निर्वाचन : एमाले र कांग्रेसका यी हुन् उम्मेदवार

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८२ का लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र नेपाली कांग्रेसले आफ्नो–आफ्नो उम्मेदवारहरूको नाम टुंगो लगाएका छन्। यसवर्षका लागि गठबन्धनअनुसार कांग्रेसले ९ सिट तथा एमालेले ८ सि मा उम्मेदवारी दिने निर्णय गरेका छन् ।

नेपाली कांग्रेसले सुनिलबहादुर थापा — कोशी प्रदेश, धर्मेन्द्र पासवान — मधेश प्रदेश, रञ्जित कर्ण — मधेश प्रदेश, गीता देवकोटा — बागमती प्रदेश, जगत तिमिल्सिना — गण्डकी प्रदेश, बासुदेव जनाग्ली — लुम्बिनी प्रदेश, चन्द्रबहादुर केसी — लुम्बिनी प्रदेश, ललितजंग शाही — कर्णाली प्रदेश र खम्मा बहादुर खाती — सुदूरपश्चिम प्रदेशलाई उम्मेदवार बनाएको छ ।

नेकपा (एमाले) ले रोशनि मेचे र सोमनाथ पोर्तेल— कोशी प्रदेश, रेखा झा — मधेश प्रदेश, प्रेम दंगल — बागमती प्रदेश, स्मरणा देवकोटा — गण्डकी प्रदेश, रामकुमारी झाँक्री — लुम्बिनी प्रदेश, मीना रावल — कर्णाली प्रदेश र लीला कुमारी भण्डारी — सुदूरपश्चिम प्रदेशलाई उम्मेदवार बनाएको छ ।

दुई प्रमुख दल मिलेकोले यी उम्मेदवार विजयी बन्ने पक्का छ ।