Advertisement GIF
कल्पवृक्ष
भाद्र ५ बिहीबार, २:५१ अपराह्न
निर्मल रिजाल भन्नु हुन्छ, -‘कृषि क्रान्तितर्फ लागौं’

झापाको दमकमा प्रधानमन्त्री केपी ओलीको गाउँमा सरकारले निर्माण गरेको टावर अहिले प्रयोगविहीन नै छ । ‘बा टावर’ उपमा लिइने यो टावरलाई कृषिसित जोडेर अघि बढ्नु पर्ने सामाज सेवामा निरन्तर सक्रिय तथा नेपाली कांग्रेसका नेता इन्जिनिरय निर्मल रिजालको सुझाव छ । उहाँका अनुसार यो टावरलाई पूर्व क्षेत्रमा उत्पादन हुने कृषि उपजको भण्डारण, प्रशोधन र अनुसन्धान केन्द्रको रुपमा विकास गर्नु नै एकमात्र बिकल्प हो । जसले कृषिमा एक पाइला अघि बढ्ने फड्को मार्न सकिने उहाँको दावी छ ।

पाँचथरको आङसराङमा छ दशकअघि जन्मनु भएका निर्मलको लेगेसी भनेको उहाँका पिता तेजप्रकाश रिजालले छोडेर गएको इमान, त्याग र नाम पनि यथावत र तेजप्रकाश लामो समय नेपाली कांग्रेस पाँचथरको सभापति भएर पार्टी निर्माणमा सक्रिय रहनु भएको थियो ।

निर्मलले नेपालका ताप्लेजुङदेखि दार्चुलासम्म सामाजिक कामसँगै पूर्वाधार निर्माणका काम गरिसक्नु भएको छ । मार्गदेवि ग्रुप अफ कम्पनीका प्रवन्ध निर्देशक रहनु भएका निर्मल उहाँका हजुरबुबाका नाममा स्थापित आफ्ने गाउँको जयनारायण माद्यामिक विद्यालय, मेहेलबोटेबाट एसएलसी उतीर्ण गरेर राजधानीको पुलचोक इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियर बन्नु भयो । नेपाल आयल निगममाा ५ वर्ष जागिर खाएर प्रजातन्त्र प्राप्तिका लागि आन्दोलनमा होमिनु भयो । स्वर्गीय कृष्णप्रसाद भट्टराई र बाशु रिसालका प्रिय उहाँ पटकपटक जेल पर्नु भयो । पेट पाल्न ठूलो संघर्ष गर्दै सानातिना निर्माणका काममा हात हाल्न थाल्नु भयो ।

एक ठाउँमा १ हजार ७ सयको झ्याल बनाउने काममा ५ सय रुपैयाँ कमाइ भएको स्मरण गर्दै उहाँले ललितपुरको लेले– चन्दनपुर घोरेटो तथा गोरेटो सडकमा चामल बितरण गरिने निर्माणको काम पनि गर्नु भयो । केशवकुमार अवालेसमेतका अग्रजहरुबाट काम सिक्दै अघि बढ्नु भएका उहाँलाई त्यसपछि भने के खाउँ, के लाउँ भन्ने चिन्ता हट्दै गयो । खालि पेट काममा खटिएर अभावमा बाँचेका परिवारलाई भेटेसम्म सहयोग गर्दै हिड्नु भएका उहाँको कम्पनीमा ६० जनासम्म कामदारले काम गरेका छन् । पछिल्लो समयको मन्दी, कोरोनाका असरपछि भने केही कर्मचारी हटाउनु परेको उहाँको भनाइ छ ।

 

देशका धेरै स्कुलका विद्यार्थीदेखि अभावमा बाँचेका र आफूले भेटेका व्यक्तिलाई केही न केही सहयोग गर्दै आउनु भएको छ । आफू पढेको जयनारायण माविलाई ३७ रोपनी जग्गा किनेर दिनु भएको छ । उहाँको कम्पनीले चिया, कफी खेती, कृषिमा अनुसन्धान, सूचना र प्रविधिको विकास, डिजाइन, पूर्वाधार निर्माणसमेतका काम गरिरहेको छ ।

 

अहिले फ्रि भिषाका नाम भनिए पनि बिदेश जाने बेरोजगार युवाले प्रतिव्यक्ति न्यूनतम १ लाख ५० हजार रुपैयाँ खर्च गर्दै आएका छन् । त्यसरी बिदेश जाने युवालाई नेपालमै सरकारले केही लगानी गरेर कृषिमा काम दिन सक्नु पर्ने र त्यसको लागि आफूसित पर्याप्त आइडिया भएको उहाँले सुनाउनु भयो । कफी, चिया, तरकारी, फलफुल खेतीमा दीगो सोच राखेर लगानी गर्दा नेपाली युवाले बिदेशमा कमाउने भन्दा बढी रकम यहीँ कमाउन सक्ने उहाँको भनाइ छ । ‘बिदेशमा पाइने तलव यहीँ दिनु हो भने कुन युवा बिदेश जान्छ ? सरकारले यसतर्फ सोच्न किन नसकेको ?’ उहाँको प्रश्न छ ।

देशलाई विकास गर्न स्थायी सरकार भनिने कर्मचारीलाई खाना र लाउन पुग्ने तलव दिनु पर्छ । त्यति गरेपछि भ्रष्टाचार गरेको खण्डमा फाँसीसम्म दिने कानुन बनाएको खण्डमा भ्रष्टाचार न्यूनिकरण गर्न सकिने निर्मल दावी गर्नु हुन्छ ।

‘आर्थिक अनुशासनले सफलता दिन्छ, समाजमा खालि पेट हुने देखेर आफूले भोगेको संझदै त्यस्तो नहोस् भन्न नेताहरुलाई घच्घच्याउने गर्छु, तर सुनुवाइ नै गर्दैनन् । भिजन भएका नेता नभएर नै यस्तो समस्या नै समस्याले घेरिएको अवस्था आएको हो ।’–उहाँले भन्नु भयो, ‘मलाई केही सेवा तथा सुविधा दिनु पर्दैन, केही गर्ने ईच्छा राजनीतिक दलका नेता तथा सरकारमा बसेका व्यक्तिमा भएमा म निः शुल्क उपायहरु दिनेछु, जसले देश विकासमा राम्रो फड्को मार्न सक्छ ।’

 

अब हामीले कृषिमा नै बढी ध्यान दिएर सूचना र प्रविधिको प्रयोगले देशको विकास गर्नुको विकल्प छैन, उहाँ भन्नु हुन्छ ।

सुरेन्द्र सुवेदी /काठमाडौं