बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– १२ स्थित वेस्टर्न मार्टमा लागेको आगो नेपाली सेनाले निभाएको छ । शुक्रबार साँझको करिव साढेसात बजे मार्टमा आगो लागेको थियो ।
आगलागी भएपछि नेपाली सेनाको बज्रदल गणले अन्य सुरक्षा फौज तथा स्थानीय निकायसँगको सहकार्यमा राति साढेनौं बजे नियन्त्रण लिएको सैनिक मुख्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्