नेपाल तरुण दल पाँचथरले फाल्गुनन्द गाउँपालिकाको गुम्वा फिचुखोला सडक मर्मत गर्दै फड्के निर्माण गरेको छ । दलले श्रमदानबाट उक्त खोलामा फड्के निर्माण गरेको दलका जिल्ला अध्यक्ष सुमन लामाले बताउनु भयो ।
सडक मर्मतसँगै सरसफाई गरेको हो । श्रमदानमा नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति नरेन्द्रकुमार केरूङ, उपसभापति वृजहाङ आङदेम्बे, सहसचिव गजेन्द्र राई, फाल्गुनन्द गाउँपालिका– ३ का सभापति कुमार तामाङ, फाल्गुनन्द गाउँपालिका अध्यक्ष गोपाल घिमिरेसमेत सहमागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्