राष्ट्रिय स्वतन्त्र नागरिक समाजले आसन्न प्रतिनिधिसभा निर्वाचनलक्षित पत्रकार सम्मेलन गर्ने भएको छ । समाजका महासचिव प्रविण नेपालका अनुसार लुटिएका हतियारले आसन्न निर्वाचनमा पार्ने असर’ विषयमा पत्रकार सम्मेलन मंगलबार (भोलि) राजधानीको नयाँबानेश्वरमा रहेको पाठशाला विद्यालयनजिक मध्यान्न १ बजे गर्ने तयारी छ ।
पत्रकार सम्मेलनमा समाजका अध्यक्ष फडिन्द्र नेपाल, उपाध्यक्ष डा रणबहादुर चन्द र महासचिव प्रविण नेपालले प्रस्तुति र पत्रकारहरुका प्रश्नको जवाफ दिने बताइन्छ ।
गत भदौं २३ र २४ को जेनजी आन्दोलनमामा आन्दोलनकारीले नेपाल प्रहरीका युनिटहरूबाट करिब १ हजार २ सय हतियार लुटे । तीमध्ये ३ सय ४६ थान साना हतियार (पेस्तोल) रहेका छन् । यीमध्ये ७ सय २३ हतियार फिर्ता आएका छन् भने अन्य हतियारको अवस्था अज्ञात छ । आन्दोलनमा कारागार र हिरासतबाट भागेका कैदीबन्दीमध्ये अझै ४ हजार ७१७ फरार छन् ।
यसरी लुटिएका हतियारहरु अपराधिक मनोवृत्त भएका व्यक्तिहरुको हातमा पुगेको अनुमान गरिन्छ । यी हतियार र अपराधिक कृयाकलापका कारण कारागार र हिरासतमा रहेका कैदीबन्दी फरार रहेकोले आसन्न निर्वाचनमा चुनौति हुने सबैको आंकलन छ । यही मेसोमा समाजले पत्रकार सम्मेलन गर्न लागेको महासचिव नेपाल बताउनु हुन्छ ।
प्रतिक्रिया दिनुहोस्