Advertisement GIF
कल्पवृक्ष
श्रावण ४ आइतबार, १०:२४ पूर्वाह्न
बानेश्वर क्याम्पसमा नेविसंघबाट भेण्डिन मेसिन हस्तान्तरण

राजधानीको बानेश्वर बहमुखी क्याम्पसमा नेपाल विद्यार्थी संंघले सेनेटरी प्याड राख्ने भेण्डिन मेसिन उपलब्ध गराएको छ । नेविसंघ इकाई समितले क्याम्पसमा अध्ययनरत छात्राहरुको सुविधाका लागि १ सय ५० थान सेनेटरी प्याड र प्याड राख्ने मेसिन उपलब्ध गराएको हो ।

भेण्डिन मेसिन हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि नेविसंघका केन्द्रीय सदस्य भूपेन्द्र सिं थेबेले हाम्रो समाज पितृसतात्मक रहेको विगत औंल्याउँदै पछिल्लो समयमा महिलाहरुको समग्र विकास तथा उनीहरुलाई सहज जीवन बिताउन प्रविधिमैत्री काम भइरहेको चर्चा गर्नु भयो । उहाँले नेविसंघले क्याम्पसमा थप आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘क्याम्पस छात्रामैत्री बनाउने र यसका लागि नेविसंघले सहयोग गरिरहने छ ।’

कार्यक्रममा क्याम्पस प्रमुख प्राडा घमानसिंह खड्का,संस्थापक क्याम्पस प्रमुख केदार घिमिरे, पूर्व क्याम्पस सभापति अन्जनी कोइराला, स्वतन्त्र विद्यार्थी युनियन अध्यक्ष भूमिराज अधिकारी, क्याम्पस इकाई सभापति प्रेमबहादुर श्रेष्ठ, दीपा शाही, उप– सभापति गणेश रावत, धिरेन्द्र कामी, खिलनाथ श्रेष्ठसमेतले आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रमको सभापतित्व प्रेमबहादुर श्रेष्ठ र सञ्चालन रस्मिता गिरीले गर्नु भएको थियो । कार्यक्रममा कुमार निरौला, क्याम्पसका शिक्षकहरु अर्जुन आचार्य, भोलानाथ चालिसे, रमेश शुभेक्ष्यु, माधवप्रसाद लामिछानसमेत सहभागी रहनु भएको थियो ।