Advertisement GIF
कल्पवृक्ष
माघ २ बिहीबार, ९:११ अपराह्न
यस्तो बन्यो, कांग्रेस सभापति गगन थापाको टिम

नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरेको छ। मध्यरातमा सार्वजनिक गरिएको कार्यसमितिसँगै कांग्रेस औपचारिक रूपमा नयाँ नेतृत्व र नयाँ शक्ति सन्तुलनतर्फ प्रवेश गरेको छ।

नयाँ कार्यसमितिको सभापतिमा गगन थापा चयन भएका छन्। उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल रहेका छन्। महामन्त्रीमा प्रदीप पौडेल र गुरु घिमिरे चयन भएका छन्। सहमहामन्त्रीका रूपमा डा डिला संग्रौला पन्त, प्रकाश रसाइली स्नेही, बहादुरसिंह लामा, उदयशम्शेर राणा, मुक्ताकुमारी यादव, फर्मुल्ला मन्सुर, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा चयन भएका छन्।

केन्द्रीय सदस्यहरूमा खुला, महिला तथा प्रदेशगत कोटाबाट प्रतिनिधित्व सुनिश्चित गरिएको छ। खुलातर्फ गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुन नरसिंह केसी, राजेन्द्र कुमार केसी, अर्जुन प्रसाद जोशी, सुरेश कुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, ध्रुव वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्वल बराल, जनक गिरी, देवप्रसाद तिमिल्सिना, अजयबाबु सिवाकोटी, प्रेमबहादुर खड्का, जयराम लामिछाने, बसन्त भट्टराई, प्रदीप शर्मा, जगत जोशी, प्रमोदहरी गुरागाईं रहेका छन् । यस्तै डा केदारनरसिंह केसी, विदुर बस्नेत, तीर्थजंग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट, राजेन्द्र गोपाल सिंहलगायत छन्।

महिला केन्द्रीय सदस्य मा चम्पादेवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउद ऐरी र दिलकुमारी राई चयन भएका छन्।

प्रदेशगत केन्द्रीय सदस्य अन्तर्गत कोशी प्रदेशबाट सारदादेवी कोईराला, हिमालय कर्माचार्य र अग्नि पौडेल, मधेश प्रदेशबाट मधु शाही, रामानन्द यादव र बजरंग नेपाली, बागमती प्रदेशबाट उमा दाहाल, जितनारायण श्रेष्ठ र रमेश धमाला, गण्डकी प्रदेशबाट विष्णु देवी पाण्डे, रेशम बानिया र कृष्ण केसी, लुम्बिनी प्रदेशबाट पवित्रा कुमारी अर्याल, केशव आचार्य र रामबहादुर कार्की रहेका छन् । यस्तै कर्णाली प्रदेशबाट रामदेवी खड्का, दिक्पाल शाही र नारायण भट्टराई र सुदूरपश्चिम प्रदेशबाट निपा चोख्याल, हिमबहादुर रावल र नरेन्द्रप्रसाद भट्ट चयन भएका छन्।

नयाँ सभापति थापाले पार्टीलाई गुटबन्दीभन्दा बाहिर निकालेर संगठन सुदृढीकरण, वैचारिक स्पष्टता र जनउत्तरदायी राजनीतिको दिशामा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। गगन थापाको टिमसँगै कांग्रेसभित्र शक्ति सन्तुलन फेरिएको छ र यस नेतृत्वले पार्टीलाई आगामी निर्वाचन र राष्ट्रिय राजनीतिमा कस्तो दिशामा लैजान्छ भन्ने विषयमा चासो बढेको छ।