नेपाली सेनाले देशका केही स्थानमा भएका विपत्तिमा उद्धार तथा आगलागी नियन्त्रण गरेका समाचार प्राप्त भएका छन् ।
पाल्पाको निस्दी– ४ मित्यल स्थित चिउरेबासमा यात्रुबाहक जिप सडकबाट खसेर दुर्घटना भयो । यो दुर्घटनामा नेपाली सेनाको दि फेमस महिन्द्र दल गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा ८ जना घाइतेको उद्धार गरेको छ ।
यसैगरी दाङ्गको राप्ती– २ कठाहास्थित फोहोर सङ्कलन केन्द्रमा भएको आगलागी ज्वालादल गणबाट खटिएको उद्धार टोलीले प्रशासन अन्य सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको छ ।
पोखरा बस्ने एक जना पुरूष प्याराग्लाईडिङ गर्ने क्रममा फेवातालमा डुबेका र सेनाको महावीर गण, रेञ्जरबाट खट्टिएको उद्धार टोलीले सकुशल उद्धार गरेको सैनिक मुख्यालयले जनाएको छ
प्रतिक्रिया दिनुहोस्