Advertisement GIF
कल्पवृक्ष
असार ६ शुक्रबार, ७:५६ अपराह्न
६१ किलो सुन तस्करी प्रकरणमा मुसिएकी अमला पक्राउ

निक्कै चर्चित ६१ किलो सुन तस्करीमा मुसिएकी अमला रोक्का पक्राउ परेकी छन् । उनलाई प्रहरीले राजधानीको टोखाबाट पक्राउ गरेको हो । उनका पति दावा छिरिङ यसअघि नै पक्राउ परेर थुनामा रहेका छन् । अमला तिब्बती मूलका बेल्जियन नागरिक दावाकी श्रीमति हुन् । अमला ठमेलमा रहेको भियना होटलकी सञ्चालक हुन् ।

नेकपा माओवादी केन्द्रका नेताहरूसँग निकट रहेको भनिँदै आएकी अमला त्यही कारण पक्राउ पर्न नसकेको चर्चा चलिरहेको थियो । २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेकशुमा रहेको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।