Advertisement GIF
कल्पवृक्ष
फाल्गुन ११ सोमबार, ९:२४ अपराह्न
प्राधिकरणको प्रवक्तामा निर्देशक ढुङ्गेल

नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी तोकिनु भएको छ ।

प्राधिकरणको अनुसन्धान महाशाखाको प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनु भएकी निर्देशक ढुङ्गेललाई प्राधिकरणको यही फागुन ५ गतेको निर्णयअनुसार प्रवक्ताका ेजिम्मेवारीसमेत तोकिएको हो ।

सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ मा व्यवस्था भएबमोजिम निर्देशक ढुङ्गेललाई प्राधिकरणको प्रवक्ताको जिम्मेवारी तोकिएको निर्देशक कुन्दन सापकोटाले जानकारी दिनुभयो ।