Advertisement GIF
कल्पवृक्ष
श्रावण २ बिहीबार, १०:५५ अपराह्न
इला शर्माको हृदयघातबाट निधन

निर्वाचन आयोगकी पूर्व आयुक्त इला शर्माको हृदयघातबाट निधन भएको छ । शनिबार (आज) साँझ उनको राजधानीको थापाथलीमा रहेको नर्भिक अस्पतालमा निधन भएको हो । उनका दुई छोरी छन् । उनी सिटिजन्स बैंकको निर्देशक थिइन् ।

उनले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिमा रहेर काम गरेकी थिइन् । उनको आइतबार (भोलि) दाहसंस्कार गरिने छ ।