उहाँ यसै वर्ष संघको अध्यक्षमा निर्वाचित हुनुभएको हो । संघको अधिवेशनले उहाँको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । निर्वाचित भएपछि छोटो प्रतिकृया दिँदै उहाँले संघको जिम्मेवारी बहन गर्न पाउँदा आफूलाई गर्व लागेको प्रतिक्रिया दिनु भएको थियो ।
जाङ्बु शेर्पा विगत दुई दशकदेखि पर्वतारोहणसँग प्रत्यक्ष सम्बन्धित हुनुहुन्छ । नेपालमा रहँदा हीमाल आरोहण तथा पर्यटन प्रवद्र्धनसँग जोडिनु भएको थियो भने अमेरिकामा पुगेपछि शेर्पाले त्यहाँको नेपाली समुदायलाई पर्वतारोहण र साहसिक खेलतर्फ आकर्षित गर्ने अभियानमा सक्रिय भूमिका खेलिरहनु भएको छ ।

शेर्पाको नेतृत्वमा यसअघि पनि विभिन्न कार्यक्रम सञ्चालन भएका थिए । नयाँ पुस्ताका युवालाई पर्वतारोहणको आधारभूत तालिम दिनु, पर्वतीय वातावरणको संरक्षणबारे सचेतना फैलाउनु र अमेरिका–नेपालबीच सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन पहल गर्नु उहाँका मुख्य कार्य थिए ।
संघले केही वर्षयता उल्लेखनीय काम गर्दै आएको छ । यसले नेपालका विभिन्न विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ भने अहिलेसम्म २५ हजार डलर बढी अमेरिकी डलरको शैक्षिक समाग्री र सहयोग वितरण गरिसकेको बुझिएको छ ।
नेपालमा रहेका पर्वतारोहण तालिम केन्द्रहरूलाई आवश्यक उपकरणहरु क्लाइम्बिङ जुत्ता, हार्नेस र डोरीसमेत वितरण गरिएको छ । अमेरिकामा भने संघको पहलमा न्यूयोर्कस्थित एक सडकलाई ‘तेन्जिङ नोर्गे शेर्पा वे’ नामकरण गरिएको छ । यसबाट नेपाली समुदायलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराएको पनि छ ।

अध्यक्ष शेर्पाले आफ्नो कार्यकालमा तीनवटा मुख्य एजेण्डा अघि सार्नु भएको छ । जसमा नेपालका विद्यार्थी र युवालाई पर्वतारोहणसँग सम्बन्धित शिक्षा तथा तालिम उपलब्ध गराउने, हिमाली क्षेत्रको संवेदनशील वातावरण बचाउन अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गर्दै सचेतना अभियान चलाउने र अमेरिका÷ नेपालबीच पर्वतारोहण तथा पर्यटन प्रवद्र्धनलाई थप सुदृढ बनाउने योजना छन् ।
शेर्पाले विशेषगरी नयाँ पुस्तालाई पर्वतारोहणतर्फ आकर्षित गर्ने र यस क्षेत्रमा आवश्यक पूर्वाधार विकासमा योगदान पुऱ्याउने प्रतिबद्धता जनाउँदै आउनु भएको छ ।
नेपालमा रहेका पर्वतारोहण प्रेमीहरू शेर्पाको नेतृत्वमा संघ अझै सक्रिय र प्रभावकारी हुने अपेक्षामा छन् । अमेरिकामा बसोबास गर्ने नेपालीहरूका अनुसार नयाँ नेतृत्वले नेपालको पर्वतीय सम्पदालाई विश्व समुदायमा अझै प्रभावकारी ढंगले प्रचार प्रसार गर्नेछ ।
संघले विगतमा गरेका उल्लेखनीय कामलाई निरन्तरता दिँदै अध्यक्ष जाङ्बुको नेतृत्वमा अझै ठूला उपलब्धि हासिल गर्ने विश्वास गरिएको छ । अध्यक्ष शेर्पाले भन्नु भएको छ( यो केवल पदमात्र होइन, जिम्मेवारी पनि हो, म यो जिम्मेवारीलाई नेपाल र नेपालीको पहिचानलाई विश्वमा अझ उजागर गर्ने अवसरको रूपमा लिन्छु र त्यसैअनुरुप काम गर्नेछु ।
प्रतिक्रिया दिनुहोस्