हिजो (मंगलवार) बिहान तिब्बत केन्द्रबिन्दु भएर गएको भूकम्पमा १ सय २६ जनाको मृत्यु भएको छ भने १ सय ८८ जना घाइते भएका छन् । बिहान ६ बजेर ५० मिनेटजाँदा तिब्बतको डिंग्री काउन्टी केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ८ म्याग्नेच्युडको भूकम्पले धेरै भौतिक संरचनामा क्षति पु-याएको चीनका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भूकम्प गएपछि उद्धारका लागि ३ हजार ४ सय जना सुरक्षाकर्मी र ३सय ४० जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । अधिक चिसोका कारण उद्धार र विस्थापितलाई व्यवस्थापनमा समस्या भइरहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्