प्रहरीले पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ । उनलाई भक्तपुरमा रहेको निवासबाट शनिबार बिहानै पक्राउ गरिएको हो ।
जेनजी आन्दोलनको समयमा गृहमन्त्री रहेका लेखकलाई जेनजी आन्दोलन छानविन आयोगले दोषी ठहर गरेको छ । यो आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने शुक्रबार नै सरकारले निर्णय गरेको थियो ।
शुक्रबार राति नै गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षकहरुसित छलफल गर्दै पक्राउ गर्न निर्देशन दिएका थिए । कानुनी प्रकृया पूरा गरेर बिहानै उनलाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्