Advertisement GIF
कल्पवृक्ष
वैशाख २८ सोमबार, ६:४७ अपराह्न
सेनाले सुरु गर्यो रक्षा संवाददाता अभिमुखीकरण तालिम

नेपाली सेना र सञ्चार क्षेत्रबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय एवम् परिष्कृत बनाउने उद्देश्यका साथ जङ्गी अड्डामा चार दिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ सुरु भएको छ।

सञ्चारकर्मीहरूलाई रक्षा क्षेत्रसँग सम्बन्धित समाचार सम्प्रेषणमा सहजता प्रदान गर्न र नेपाली सेनाका विभिन्न पक्षबारे जानकारी गराउन आयोजित कार्यक्रमको आज सोमबार (आज) सैनिक जनसम्पर्क निर्देशक सहायक रथी राजाराम बस्नेतले विधिवत् शुभारम्भ गर्नुभयो ।

विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध २९ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको यस अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको सङ्गठानात्मक स्वरूप, जिम्मेवारी तथा भूमिकाका साथै सेनाले सञ्चालन गर्ने मुख्य गतिविधिहरूका बारेमा जानकारीमूलक प्रस्तुतीकरण गरिनेछ। कार्यक्रमको अवधिभर सहभागीहरूलाई विपद् प्रतिकार्य र वर्तमान समसामयिक विषयहरूमा केन्द्रित रही अन्तर्क्रियासमेत गराइने योजना रहेको सेनाले जनाएको छ।

नेपाली सेनाले सञ्चार क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिँदै विगतदेखि नै यस्ता अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।