नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा दमन र ७६ जनाको हत्या गरेको आरोप लागेका तत्कालीन प्रधानमन्त्री ओलाीलाई जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार आज बिहानै प्रहरीले पक्राउ गरेको हो। उनलाई पक्राउ गरी काठमाडौं जिल्ला प्रहरी परिसर ल्याइएको छ ।
ठूलो संख्यामा प्रहरी गुण्डु पुगेपछि अध्यक्ष ओलीले दुई वरिष्ठ अधिवक्ता रमेश बडाल र टिकाराम भट्टराईलाई बोलाएका थिए। सुधन गुरुङ गृहमन्त्री बनेपछि जेनजी आन्दोलन र यसमा दोषी भनि आरोपितलाई पक्राउ गर्ने शुक्रबार रातिदेखि नै तयारी थियो ।
गृहमन्त्री गुरुङले रातभर नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षकहरुसित छलफल गरेका थिए । राति नै प्रहरीलाई अलर्ट रहन निर्देशन दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्