Advertisement GIF
कल्पवृक्ष
फाल्गुन ६ बुधबार, ७:२८ अपराह्न
भोजपुरमा सेना लिएर जाँदै गरेको बस दुर्घटना

नेपाली सेना बोकेको बस भोजपुरमा दुर्घटनामा परेको छ । भोजपुरमा निर्वाचनमा खटिने सेना लिएर जाँदै गरेको बस दुर्घटनामा परेको हो । भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै ना ४ ख ७३१७ नम्बरको बस मा २४ जना सेना र बस चालकसहित २६ जना थिए।

बस सडकनजिकैको घुम्तीबाट करिव ५ सय मिटर तल खसेको छ। दुर्घटनामा परी गम्भीर घाइते ८ जनालाई सेनाको दुई वटा हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको नेपाली सेनाले जनाएको छ । जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिकामा निर्वाचन सुरक्षा तयारीका लागि नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरबाट गएको सेनाको बस दुर्घटनामा परेको हो।