Advertisement GIF
कल्पवृक्ष
फाल्गुन १२ मंगलबार, ७:५४ अपराह्न
सर्वोच्चले दियो प्रसाईँ छोड्न आदेश

सर्वोच्च अदालतले दुर्गा प्रसाईँलाई रिहा गर्न आदेश दिएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई यही फागुन ४ गते प्रहरीले भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो ।

मंगलबार सर्वाेच्चका न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै प्रसाईंलाई छोड्न आदेश दिएको हो ।

यसअघि पनि उनी पटकपटक पक्राउ पर्दै छुट्दै आएका छन् । पछिल्लो समय गत माघ २३ मा पक्राउ परेर हाजिर जमानीमा छुटेका थिए ।