युद्धग्रष्त कंगोको इटुरी प्रान्त, कोमाण्डा नगरमा बिद्रोही समूहले ३८ जनाबढीको हत्या गरेको छ । बिद्रोही समूह एलिड डेमोक्रेटिक फोर्सले आक्रमण गरेको अनुमानबीच मृत्यु हुनेको संख्या बढ्ने बताइन्छ ।
छ जनाबढी गम्भीर घाइते रहेको अन्तराष्ट्र्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । हिजो (आइतबार) भएको यो विद्रोही आक्रमणमा थप केहीको मृत्यु भएको अनुमान छ । कंगोमा संयुक्त राष्ट्र संघले शान्ति सेना खटाइरहेको छ । त्यहाँ नेपालबाट पनि शान्ति सेना परिचालित छन् ।
प्रतिक्रिया दिनुहोस्