भारतको गुजरात राज्यमा अचानक पुल भत्किएको छ। बुधवार दिउँसो महिसागर पुल भाँच्चिएर बीचको एक भाग नदीमा खसेको छ। पुलको बीच भाग भाँच्चिएपछि दुईतर्फ सम्पर्क विच्छेद भएको छ। ४३ वर्ष पुरानो पुल अचानक भत्किँदा हालसम्म १० जनाको मृत्यु भएको भाइब्स अफ इन्डियाले लेखेको छ। दुर्घटनामा परेका केही व्यक्तिहरू भने बेपत्ता छन्। घटनास्थलमा उद्धार कार्य जारी छ।
प्रहरीले जनाएअनुसार पुलको संरचना निकै जीर्ण भइसकेको थियो। दुर्घटनास्थलमा स्थानीय प्रशासन, उद्धार टोली, एम्बुलेन्स र दमकल परिचालन गरिएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको र नजिकैका अस्पतालहरूमा उपचार भइरहेको जनाइएको छ। दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई ४ लाख र घाइतेहरूलाई ५० लाख दिने घोषणा गुजरात सरकारले गरेको छ।

प्रतिक्रिया दिनुहोस्