Advertisement GIF
कल्पवृक्ष
फाल्गुन ६ बुधबार, ८:४८ अपराह्न
कांग्रेसको ‘भिजन टेन’ मा के के छन् ?

नेपाली कांग्रेसले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीको घोषणापत्र अर्थात प्रतीज्ञापत्रलाई १० बुंदामा उल्लेख गर्दै ‘भिजन टेन’ नाम दिएको छ । आज (बुधबार) मधेश प्रदेशको राजधानी जनकपुरको तिरुहुतियागाछीमा सार्वजनिक गरेको उक्त प्रतीज्ञापत्र यस्तो छ ।

१. सम्मानित भएर बाँच्न पाउने नेपाल
२. सपना देखसक्ने नेपाल
३. सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
४. खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
५. ओखती र ओत दिने नेपाल
६. छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७. बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८. मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल
९. विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
१०. समुन्नतिमा लम्कने नेपाल

यी बंदालाई व्याख्या पनि गरिएको छ । भोलि (बिहीबार) राजधानीको राष्ट्रिय सभागृहमा कांग्रेसले प्रश्नोत्तर पनि गर्दैछ । प्रश्नोत्तरमा सभापति गगन थापाले उत्तर दिनु हुनेछ । भर्चुअल र सशरीर उपस्थित भएर पनि प्रश्न गर्न पाइने कांग्रेसले जनाएको छ ।