Advertisement GIF
कल्पवृक्ष
फाल्गुन १४ बुधबार, ८:४४ पूर्वाह्न
धादिङमा ट्याङ्कर दुर्घटना : दुई जनाको मृत्यु

धादिङमा ट्याङ्कर दुर्घटना भएको छ । गल्छी गाउँपालिका– ३ गुप्तेश्वरभिरको भित्रि सडकमा आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गएको ट्याङ्कर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । २ जना घाइते भएका छन् । बाप्र ०१– ००४ क ३३५२ नम्बरको पानी ट्याङकर ब्याक गर्ने क्रममा सडकबाट करिव ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गुजुरी– ६ का १८ वर्षीय प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षीय जयराम चेपाङको मृत्यु भएको हो ।