Advertisement GIF
कल्पवृक्ष
असार २७ शुक्रबार, ५:५२ अपराह्न
नेकपा एस पसे वामदेव

नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका नेपालको कम्युनिष्ट आन्दोलनका अगुवा बामदेव गौतम विकल्प नभएपछि माधवकुमार नेपालको पार्टीमा प्रवेश गरेका छन् । उनले पटकपटक नेकपा एमालेमा प्रवेश गर्ने बताएका थिए । तर, एमालेले उनलाई लिन नचाहेपछि विकल्पमा उनी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका हुन् । उनको यो पार्टीमा माधवकुमार नेपाल, भलनाथ खनालपछि तेस्रो बरियता रहने भएको छ ।

‍शुक्रबार (आज) काठमाडौंको आलोकनगरमा गौतमको अभियान र नेकपा एस पार्टीबीच एकता भएको हो । समाजवादीमा अब गौतमपछि बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत र राजेन्द्र पाण्डे वरियता रहनेछ । यो पार्टी एकता आगामी साउन २ गते घोषणा गर्ने कार्यक्रम छ ।