Advertisement GIF
कल्पवृक्ष
चैत्र १३ शुक्रबार, ६:४६ अपराह्न
सम्पर्कविहीन हेलिकोप्टर दोलखामा सुरक्षित अवतरण

शुक्रबार मध्यान्नबाट सम्पर्कविहीन बनेको मुस्ताङ हेलिकप्टर दोलखामा सुरक्षित अवतरण गरिएको छ । यो हेलिकोप्टर भोलि (शनिबार) काठमाडौं ल्याइने छ ।

खराब मौसमले दोलखामा अवतरण भए पनि सञ्चार सम्पर्क हुन नसक्दा अनेक अड्कलबाजी भइरहेका थिए । यो हेलिकोप्टरमा चालकसमेत ५ जना सवार छन् । खराव मौसमले चरिकोटबाट लाप्चाका लागि उडेको हेलिकोप्टर केही समयपछि सम्पर्क विच्छेद भएको थियो ।