प्रजातन्त्र दिवश (फागुन ७) को अवसरमा पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहले सन्देश दिनु भएको छ । उहाँले सन्देशमा अधिकार खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाइरहेको दुःखद परिस्थितिमा मुलुक रहेको बताउनु भएको छ ।
पूर्व राजा शाहले ७६औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा भिडियो सन्देश दिँदै ‘वर्तमान अवस्थामा अधिकार मात्र खोज्ने तर कर्तव्य नसोच्ने प्रवृत्ति मौलाइरहेको यस्तो दुःखद परिस्थितिमा आलोपालो भाग लगाएर खाऊँ भन्ने सोचले होइन, मिलेर काम गरौं भन्ने कर्तव्य बोधले मात्र मुलुकलाई नयाँ गति दिन सकिन्छ ।’ भन्नु भएको छ ।
उहाँले राष्ट्रिय समस्याको समाधान गरेरमात्र निर्वाचनमा जानु उचित हुने र राष्ट्रिय सहमति तथा सबैलाई समेटेर निर्वाचनमा जाँदा त्यसले सही बाटो समात्ने विश्वास व्यक्त गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्